माघ १० काठमाडौं।
आज उच्च हिमाली जिल्लामा पहिलोपटक हिमपात भएको छ।
हिमाली हुम्लाको सदरमुकाम सिमकोट, डोल्पा, मुगु, जुम्लामा यस वर्ष पहिलो पटक हिमपात भएको हो।
लामो समय देखि हिमपात नहुदाँ कृषकहरु चिन्तित बनेका थिए। हरेक वर्ष मंसिर महिना देखि नै सुरू हुने हिमपात यस वर्ष माघ महिनामा परेको छ।
अहिले हिँउ परेर हुम्ला, डोल्पा, मुगु, जुम्लाको अधिकंश भू–भाग सेताम्य बनेको छ। हिमपात नहुँदा कात्तिक महिनामा लगाएको जेठासी बाली सुक्दै गएपछि कृषकहरू चिन्तित बनेका थिए।
जल तथा मौसम विज्ञान विभागले हिमपातको पूर्वानुमान गर्दै सूचना जारी गरेसँगै जिल्ला प्रशासन कार्यालय हुम्लाले हिमपात भए पछि उच्च सर्तकता अपनाउन अनुरोध गरेको छ।
Post Views: 2