जापानको प्रधानमन्त्री ताकाइचीले गरिन् संसद विघटन

माघ ९ काठमाडौं।
जापानको प्रधानमन्त्री ताकाइचीले संसद विघटन गरेकी छन्।

आज प्रधानमन्त्री ताकाइचीले संसदको तल्लो सदन (प्रतिनिधि सभा) विघटन गर्दै आकस्मिक निर्वाचन घोषणा गरेकी हुन्।

गत अक्टोबरको अन्तिममा प्रधानमन्त्री बनेकी ताकाइचीले फेब्रुअरी ८ मा चुनाव घोषणा गरेको जापान टाइम्सले उल्लेख गरेको छ।

जापानको इतिहासमा अहिलेसम्मकै छोटो समयमा चुनाव हुन लागेको अन्तराष्ट्रिय सञ्चार माध्ययमहरुले जनाएको छ।

प्रधानमन्त्री ताकाइची तल्लो सदनमा ४६५ मध्ये २३५ सांसदको समर्थन सहित प्रधानमन्त्री बनेकी थिइन्।

ब्लुमबर्गले उल्लेख गरे अनुसार अहिले झिनो बहुमत मात्रै भएकाले काम गर्न सहज भएको र बहुमत ल्याउन ताकाइचीले आकस्मिक निर्वाचन घोषणा गरेको उल्लेख गरेको छ।

उनको कदमलाई वर्तमान शक्ति सन्तुलनलाई मजबुत बनाउँदै आफ्नो नेतृत्वलाई सुदृढ गर्ने रणनीतिका रूपमा लिइएको जनाएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *