माघ ९ काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले वसन्त श्रवण गरेका छन्।
आज श्रीपञ्चमी (वसन्त पञ्चमी) को अवसरमा बिहान हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा पौडेल र कार्कीले वसन्त श्रवण गरेका हुन्।
पञ्चमीको अवसरमा हनुमानढोका हेरचाह अडडाका मूल पुरोहितले राष्ट्रपति पौडेललाई अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गरेका छन्।
राष्ट्रपति पौडेलले विद्याकी देवी सरस्वतीको पूजा आराधना गरेका थिए भने नेपाली सेनाको एक टुकडीले पौडेलको सम्मानमा सलामी अर्पण गरेको थियो।
Post Views: 6