नाउपा नेपालका उम्मेदवार रेशम चौधरीको उम्मेदवारी खारेज

माघ ८ काठमाडौं।
नाउपा नेपालका उम्मेदवार रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ।

कैलाली क्षेत्र नम्बर १ बाट उम्मेदार बनेका नाउपा नेपालका संरक्षक चौधरीको उम्मेदवारी दर्ता खारेज भएको हो।

सर्वोच्च अदालतको फैसला बाट जन्मकैदको सजाय भएको देखिएको र जन्मकैदको सजाय भएको व्यक्ति उम्मेदवार बन्न प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन अनुसार अयोग्यता भएका कारण उम्मेदवार खारेज गरिएको निर्वाचन अधिकृत देवराज भारती बताएका छन्।

‘नागरिक उन्मुक्ति पार्टी नेपाल (एकल चुनाव चिन्ह) का उम्मेदवार रेशमलाल चौधरी प्रतिनिधि सभा सदस्य पदको लागि हुने निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र प्रचलित कानून बमोजिम कायम रहन सक्ने अवस्थाको नदेखिदा खारेज गरि दिएको निर्वाचन आयोगले जनाएको छ।

टीकापुर घटनासम्बन्धी मुद्दामा रेशमले सरकारको सिफारिसमा राष्ट्रपति बाट आममाफी पाएका थिए।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *