माघ अन्तिम साता देखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी

माघ ८ काठमाडौं ।
माघ अन्तिम साता देखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ।

बाघको गणनाका लागि पाँचवटा राष्ट्रिय निकुञ्ज र निकुञ्ज बाहिरका क्षेत्रलाई समेत समेटेर तीनवटा ‘कम्प्लेक्स’ बनाइएको जनाएको छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले देशभर राष्ट्रिय बाघ गणना सुरु गरेसँगै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि बाघ गणनाको तयारी गरिएको निकुञ्ज कार्यालयले जनाएको छ।

हाल चितवन–पर्सा कम्प्लेक्स तथा बर्दिया र बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघ गणना भइरहेको र यहाँ गणना सकिए पछि तेस्रो कम्प्लेक्समा रहेको शुक्लाफाँटामा सुरु हुने निकुञ्ज स्रोतले जनाएको छ।

सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि निकुञ्ज कार्यालयको जनशक्ति तयारी अवस्थामा रहेको बताएका छन्।

बाघ गणनाका लागि निकुञ्जका तर्फ बाट सबै तयारी पूरा भइसकेको सूचना अधिकारी वाग्लेले बताएका छन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *