माघ ७ काठमाडौँ।
अमेरिकाले थप ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ।
अध्यागमन विभागको अनुसार अमेरिका बाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरेको जनाएको छ।
डिपोर्ट भएका ९० जना नेपालीलाई अमेरिकाले चाटर्ड विमान मार्फत काठमाडौं ल्याएर छोडेको जनाएको छ।
विभागका महानिर्देशक रामचन्द्र तिवारीले डिपोर्ट भएका ९० जना काठमाडौँ आइपुगिसकेको जानकारी दिएका छन्।
अमेरिका बाट अहिलेसम्म डिपोर्ड भएर आउने नेपाली ४०० भन्दा बढी भईसकेको विभागका महानिर्देशक तिवारीले बताएका छन्।
डिपोर्ट हुनेहरु कागजात नभेटिएका, गैरकानुनी बसेका, अध्यागमन कानुन उल्लङ्घन गरेका लगायत रहेको विभागले जनाएको छ।
उनीहरुमाथि अहिले प्रहरीको मानव बेचबिखन ब्युरोले अनुसन्धान गरिरहेको र बेचबिखनमा परेको भए उजुरी दिन ब्युरोले अनुरोध गरेको छ।
Post Views: 2