बंगलादेशले सुरक्षा कारण देखाउँदै टी–२० विश्वकप भारतमा खेल्न अस्वीकार

माघ ६ काठमाडौं
बंगलादेशले सुरक्षा कारण देखाउँदै टी–२० विश्वकप भारतमा खेल्न अस्वीकार गरेको छ।

आईसीसी टी–२० विश्वकप खेल्न बंगलादेश सरकारका खेल सल्लाहकार आसिफ नज्रुलले सुरक्षा कारण देखाउँदै भारतमा खेल्न अस्वीकार गरेको हुन्।

भारतीय क्रिकेट बोर्डले आईपीएल टोली बाट बंगलादेशी खेलाडी मुस्ताफिजुर रहमानलाई रिलिज गर्न निर्देशन दिएपछि विवाद सुरु भएको र बंगलादेशले स्थान परिवर्तनको माग गरेको जनाएको छ।

समाचार संस्था क्रिकबजले जनाए अनुसार आईसीसीले बंगलादेश क्रिकेट बोर्डलाई जनवरी २१ सम्म भारतमा खेल्ने विषय टुंग्याउन समयसीमा तोकेको जनाएको छ।

यदि बंगलादेशलाई हटाएर स्कटल्यान्डलाई सहभागी गराउनुपरेमा, स्कटल्यान्डलाई कम्तीमा १५ दिन तयारी समय दिनुपर्ने भएकाले आईसीसी दबाबमा रहेको जनाएको छ।

भारत र बंगलादेशबीचको राजनीतिक तनावका कारण भारतमा खेल खेल्न सुरक्षा जोखिम रहेको भन्दै आईसीसीसँग आफ्ना खेलहरू सह–आयोजक श्रीलंकामा सार्न आग्रह गरेको बीसीबीले उल्लेख गरेको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *