माघ ५ काठमाडौं।
सञ्चारमन्त्री जगदीश खरेल राष्ट्रिय स्वतन्त्र पार्टी बाट उम्मेदवार बन्ने पक्का भए पछि मन्त्री पद बाट राजीनामा दिएका छन्।
सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले राष्ट्रिय स्वन्तत्र (रास्वपा) बाट उम्मेदवार बन्ने भएपछि पद बाट आज राजीनामा दिएका हुन्।
खरेलले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर मन्त्री पद बाट राजीनामा दिएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जगदीश खरेललाई ललितपुर–२ बाट उम्मेदवार बनाउँने भएको छ।
कार्की नेतृत्वको मन्त्रिपरिषद् बाट यस अघि ऊर्जामन्त्री रहेका कुलमान घिसिङ र खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका थिए।
Post Views: 2