माघ ५ काठमाडौं।
आज नेपाल र बंगलादेश बीच वाणिज्य सचिव स्तरीय ८ औं बैठक सम्पन्न भएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार २९ र ३० पुसमा वाणिज्य सचिव स्तरीय ८ औं बैठक सम्पन्न भएको जनाएको छ।
बसेको बैठकले व्यापार, लगानी, पारवहन, भन्सार सहजीकरण र प्राविधिक सहकार्य सम्बन्धी विषयमा बृहत छलफल भएको जनाएको छ।
बैठकमा नेपालको प्रतिनिधित्व मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरे र बंगलादेशको वाणिज्य मन्त्रालयका सचिव महबुबुर रहमानले गरेका थिए।
बैठक बाट ७ औं बैठकमा भएका निर्णय तथा सहमति कार्यान्वयन प्रगति समीक्षा गरी आगामी सहकार्यका विषयमा दिशानिर्देश गरेको जनाएको छ।
बैठकमा नेपालले द्विपक्षीय व्यापार अभिवृद्धिका लागि भन्सार एवं गैरभन्सार शुल्क तथा अन्य अवरोध घटाउनुपर्ने वा हटाउनुपर्ने विषयमा छलफल भएको जनाएको छ।
Post Views: 2