आज मगर समुदायले मनाए माघे सङ्क्रान्ति पर्व

माघ १ काठमाडौं।
आज काठमाडौंमा मगर समुदायले माघे सङ्क्रान्ति पर्व मनाएका छन्।

काठमाडौंमा बसोबास गर्दै आएका मगर समुदायले माघे सङ्क्रान्ति पर्वका अवसरमा सांस्कृतिक ¥याली निकालेकालेर पर्व मनाएका हुन्।

काठमाडौं उपत्यकामा बस्दै आएका मगर समुदायले भृकुटीमण्डप बाट टुँडिखेल सम्म सांस्कृतिक ¥याली निकालेर माघे सङ्क्रान्ति पर्व मनाएको जनाएको छ।

नेपाल मगर संघ केन्द्रीय समितिको आयोजना र विभिन्न संघसंस्थाको अगुवाइमा सांस्कृतिक कार्यक्रम भएको जनाएको छ। माघे सङ्क्रान्ति पर्वको विशेष अवसरमा मगर जातिमा चेलिबेटीको चाडको रुपमा मानिने गरेको छ।

चेलीलाई पुज्न माघे सङ्क्रान्तिको दिन बिहान दाजुभाइले नुहाएर खालीपेटमा कुल–कुलायन र पुर्खालाई पूजा गरेपछि दिदीबहिनीलाई टीका लगाइदिएर दान दक्षिणा गरी उपहार दिने प्रचलन रहेको छ।

तरुल, फलफूल, सेल, तरकारीलगायतका परिकार मिलाएर बनाइएको उपहारलाई मगर समुदायमा मिश्रा वा निस्रो (उपहार वा प्रसाद) दिने भनिन्छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *