रविविरुद्ध चलेको संगठित अपराधको मुद्दा फिर्ता लिने निर्णय

पुस ३० काठमाडौं ।
रविविरुद्ध चलेको संगठित अपराधको मुद्दा फिर्ता लिने निर्णय भएको छ।

रविविरुद्ध विभिन्न जिल्लामा चलेको संगठित अपराध र सम्पति शुद्धीकरण अभियोगको मुद्धा फिर्ता लिन सम्बन्धित सरकारी वकिलहरुलाई स्वीकृति दिएको जनाएको छ।

महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिन सम्बन्धित सरकारी वकिलहरूलाई स्वीकृति दिएको छ।

महान्यायाधिवक्ता कार्यालयले यो निर्णय गरे सँगै कास्की, रुपन्देही, काठमाडौं र पर्साको सरकारी वकिलको कार्यालय संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिने छन्।

महान्यायाधिवक्ता सबिता भण्डारी बरालको अनुसार ‘सहकारी ठगीको मुद्दा यथावत् संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिनेगरी मात्रै आरोपपत्र संशोधन गर्ने स्वीकृत दिइएको र नयसलाई मुद्दा फिर्ता लिएको रुपमा बुझ्न नहुँने बताएको छन्।

भण्डारीले ४ वटा जिल्ला अदालतमा चलिरहेको अभियोगपत्र संशोधन गर्न स्वीकृत दिने निर्णय गरेकी थिइन्।

निर्णय पछि जिल्ला अदालत कास्कीमा चलिरहेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता हुने जनाएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *