पुस ३० काठमाडौं।
इरानमा प्रदर्शन चर्कीदै जादा २००० बढीको मृत्यु भएको जनाएको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सको अनुसार इरानमा जारी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या २ हजार ४०३ पुगेको जनाएको छ।
इरानी अधिकारीहरुले पनि मृतकको संख्या तीव्र रूपमा बढेको तथा मृत्यु हुनेको संख्या २ हजार नाघेको जनाएका छन्।
इरानमा अमेरिका आधारित मानवअधिकारवादी समाचार संस्था एचआरएएनएलाई उद्धृत गर्दै अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले आज सम्म मृत्यु हुनेको संख्या २ हजार ४०३ पुगेको उल्लेख गरेको छ।
प्रदर्शनमा सहभागी १६ हजार ७८४ जनालाई इरानी सुरक्षाकर्मीले पक्राउ गरेको छ। भने इरानले हिंसात्मक प्रदर्शन चर्किनुमा अमेरिका र इसराइललाई दोष लगाएको छ।
इरानमा प्रदर्शन सुरू भएलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगातार प्रदर्शनकारीको पक्षमा अभिव्यक्ति दिइरहेका छन्।
सुरूवातमा इरानी मुद्राको बढ्दो अवमूल्यन र महँगीको विरोधमा सुरू भएको प्रदर्शन विस्तारै सर्वोच्च नेता आयतोल्लाह अली खामेनीलाई हटाउनुपर्ने मागसम्म पुगेको छ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले हिंसाप्रति दुःख व्यक्त गर्दै अभिव्यक्ति र शान्तिपूर्ण भेलाको अधिकारलाई सम्मान गर्न आग्रह गरेका छन्।