काठमाडौं, २७
जेसिआई बूढानीलकण्ठ वर्ष २०२६ का लागि नयाँ कार्यसमितिको औपचारिक सुरुवात भएको छ। होटल अमुप्रस्था एण्ड बैंककेटमा आज भएको भएको एक विशेष समारोहमा वर्ष २०२५ का अध्यक्ष जेसी रबिन सुवेदीले नवनिर्वाचित अध्यक्ष जेसी लाइकेश श्रेष्ठलाई सपथ ग्रहण गराउँदै जेसिजको परम्पराअनुसार पदभार हस्तान्तरण गर्नुभएको हो।
जेसिजको ‘एक व्यक्ति, एक पद, एक वर्ष’ को प्रचलित परम्पराअनुसार प्रत्येक वर्षको डिसेम्बर ३१ मा जिम्मेवारी परिवर्तन हुने गर्दछ। सोही अनुरूप नयाँ नेतृत्व औपचारिक रुपमा हस्संतान्स्थातरण भएको हो l नयाँ नेतृत्वबाट संस्था सुदृढीकरण र सामाजिक सेवामा थप सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको डाईनामिक खबरलाई बताएका छन् l
वर्ष २०२६ को नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष जेसी लिकेस श्रेष्ठ, कार्यकारी उपाध्यक्ष जेसी ईश्वर कटवाल र जेसी प्रकाश राज तिवारी, महासचिव जेसी रञ्जन कोइराला, कोषाध्यक्ष जेसी कृष्ण प्रधानङ्ग, कानुनी सल्लाहकार जेसी रिया सुवेदी, सह-महासचिव जेसी जिब्सन धामी, सह-कोषाध्यक्ष,जेसी रहेश श्रेष्ठ रहेका छन्
यसैगरी, उपाध्यक्षहरू (VP) मा जेसी सौरभ नेवार श्रेष्ठ, जेसी विराट बानियाँ, जेसी तज्न्ना श्रेष्ठ र जेसी गौरव अधिकारी चयन हुनुभएको छ। कार्यसमितिको अन्य जिम्मेवारीहरूमा जेसी सुनिल खड्का (SDG), जेसी आशिष बाबु महर्जन (तालिम संयोजक) र जेसी सुरज खतिवडा (थिम निर्देशक) रहनुभएको छ।
पदभार ग्रहण गर्दै नवनियुक्त अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा जेसिआई बूढानीलकण्ठलाई नयाँ उचाइमा पुर्याउने र समुदायमा सकारात्मक प्रभाव पार्ने खालका कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।