पुस २७ काठमाडौं ।
आज देखि कांग्रेस विशेष महाधिवेशन सुरु हुँदै छ।
आज काठमाडौंको भृकुटीमण्डपमा नेपाली कांग्रेसको विशेष महाधिवेशन उद्घघाटन भई दुई दिन सम्म चल्नेछ।
विशेष महाधिवेशनको उद्धघाटन कांग्रेस काठमाडौँ जिल्ला सभापति सबुज बानियाँको सभापतित्वमा हुने जनाएको छ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा हुन लागेको महाधिवेशनमा पार्टीका नेता शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पनि निमन्त्रणा दिइएको जनाएको छ।
संस्थापन पक्षले विशेष महाधिवेशनलाई अस्वीकार गर्दै आएको छ। विशेष महाधिवेशन पक्षले आजै जिल्ला सभापति र युवाहरुका भेला बोलाएका छन्।
प्रमुख अतिथिको निमन्त्रणा पठाइएको भए पनि देउवाले भने उक्त निमन्त्रणा अस्वीकार गरेका छन्।
आज विशेष महाधिवेशनको उद्घाटन पछि बन्द सत्र सुरु हुने छ। बन्द सत्रको सभापतित्व भने जेष्ठ सदस्यले गर्ने जनाएका छन्।
पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर पार्टी विधानको धारा १७(२) बमोजिम विशेषको माग गरेका हुन्।