पुस २६ काठमाडौं।
चितवन राष्ट्रिय निकुञ्जमा हुर्काइएको गोही राप्ती नदीमा छोडिएको छ।
चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका २० वटा गोहीलाई राप्ती नदीमा छोडिएको हो।
गोहीलाई सौराहा घाट बाट राप्ती नदीमा छाडिएको छ। भने छाडिएका गोहीमध्ये पाँचवटा भाले र १५ वटा पोथी रहेको निकुञ्ज स्रोतले जनाएको छ।
निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार प्रत्येक वर्ष निकुञ्जले प्रजनन केन्द्रमा हुर्काएको गोहीलाई राप्ती, नारायणी नदीमा छोड्दै आइएको छ।
मगरका अनुसार सन् २०२२ मा जन्मिएका तीन सयवटा गोही प्रकृतिमा छोड्नका लागि तयारी अवस्थामा रहेको बताउका छन्।
अहिलेसम्म यहाँ हुर्काइएका २ हजार १४२ वटा गोही नदीमा छाडिएको निकुञ्ज सूचना अधिकारी अविनास थापामगरले जानकारी दिएका छन्।
Post Views: 4