इरानमा महँगीविरुद्ध हिंसात्मक प्रदर्शन

पुस २५ काठमाडौं।
इरानमा महँगीविरुद्ध हिंसात्मक प्रदर्शन भएको छ।

विगत दुई हप्तादेखि इरानका १०० भन्दा बढी सहरहरुमा महँगीविरुद्ध प्रदर्शन भइरहेको छ।

सीएनएको रिपोर्ट अनुसार देशभरका १०० भन्दा बढी सहरहरूमा फैलिएको हिंसाको कारण देशभरको इन्टरनेट र फोन सेवा बन्द गरिएको जनाएको छ। प्रदर्शनका क्रममा मानिसहरू ‘यो अन्तिम लडाइँ हो, शाह पहलवी फर्कने छन्’ भन्दै नारा लगाइरहेका छन्।

अमेरिकी मानव अधिकार एजेन्सीको अनुसार प्रदर्शनका क्रममा भएको हिंसामा हालसम्म कम्तीमा ४५ जनाको मृत्यु र २,२७० भन्दा बढीलाई हिरासतमा लिइएको उल्लेख गरेको छ।

रजा पहलवी इरानका अन्तिम शाह मोहम्मद रजा पहलवीका छोरा हुन्। युवराज रजा पहलवीको अपीलपछि आन्दोलन तिब्र भएको जनाएको छ।

खाद्य वस्तुको मूल्यमा ७२ प्रतिशत र औषधिको मूल्यमा ५० प्रतिशतसम्म वृद्धि भएको छ। यस बाहेक सरकारले सन् २०२६ को बजेटमा ६२ प्रतिशत कर बढाउने प्रस्ताव गरे पछि आम मानिसमा ठूलो असन्तुष्टि पैदा हुँदा प्रदर्शन भएको अन्तराष्ट्रिय सञ्चार माध्ययम हरुले उल्लखे गरेको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *