राष्ट्रपति पौडेल सँग गरे अमेरिकी राजदूतले बिदाइ भेट

पुस २४ काठमाडौँ ।
राष्ट्रपति रामचन्द्र पौडेल सँग अमेरिकी राजदूत डीन आरले बिदाइ भेट गरेका छन्।

आज शीतल निवासमा नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बिदाइ भेट गरेका हुन्।

बिदाइ भेटका क्रममा नेपाल र अमेरिका बिच रहि आएको द्विपक्षीय सम्बन्ध,आपसी हित र चासोका विषयमा कुराकानी भएको जनाएको छ।

नेपालका लागि अमेरिकी राजदूत डीनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो कार्याकाल सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद दिएका छन।

राजदूत डीनले आफ्नो कार्याकाल सफल बनाउन सहयोग गरेकोमा राष्ट्रपति पौडेललाई धन्यवाद दिएका थिए।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *