उद्योग वाणिज्य महासंघका अध्यक्ष र युएई अर्थ मन्त्रालय प्रतिनिधिबीच भेट

पुस २३ काठमाडौं।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र युएई अर्थ मन्त्रालयका अन्डर–सेक्रेटरी महामहिम अब्दुल्ला अहमद अल सालेह बीच भेट भएको छ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई)को अर्थ मन्त्रालयका अन्डर–सेक्रेटरी महामहिम अब्दुल्ला अहमद अल सालेहसँग भेटवार्ता गरेका छन्।

भेटवार्तामा संयुक्त अरब इमिरेट्स (युएई) का लागि नेपाली राजदूत तेजबहादुर क्षत्रीको उपस्थितिमा आगामी दिनमा नेपाल र युएई आर्थिक सहकार्यलाई थप प्रभावकारी बनाउँदै पारस्परिक लाभ तथा साझेदारीहरूलाई अघि बढाउने प्रतिबद्धता भएको जनाएको छ।

नेपाल–युएइबीचको द्विपक्षीय आर्थिक सम्बन्ध थप सुदृढ गर्दै व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको जनाएको छ।

महासंघका अध्यक्ष ढकालले नेपालमा रहेको लगानी सम्भावनाबारे जानकारी गराउँदै नेपालमा जलविद्युत, पर्यटन, कृषि प्रशोधन, ठूला पूर्वाधार तथा सूचना प्रविधि (आइटी) जस्ता क्षेत्रमा व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने सकिने बताएका छन्।

साथै काठमाडौंका लागि एमिरेट्स एयरलाइन्सको प्रत्यक्ष उडान सुरू हुनु पर्यटन, व्यापार र समग्र व्यावसायिक आवागमन विस्तारका लागि अत्यन्त महत्त्पूर्ण हुने बताएका छन्।

युएइको अर्थ मन्त्रालयका अन्डर सेक्रेटरी महामहिम अब्दुल्ला अहमद अल सालेहले नेपालले प्रस्तुत गरेका परियोजना र अवसरहरूप्रति युएई पक्षले चासो देखाउँदै निजी क्षेत्रबीचको सहकार्य बढाउन सकारात्मक रहेको बताएका छन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *