पुस २३ काठमाडौं ।
राष्ट्रिय सभा निर्वाचनका लागि ४४ जनाले उम्मेदवारी दिएका छन्।
सात वाटै प्रदेश राजधानीमा अधिकृतको कार्यालयमा शान्तिपूर्ण रुपमा राष्ट्रिय सभा सदस्याका लागि उम्मेदवार दिएको निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन कार्यतालीका अनुसार भोलि उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २५ र २६ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी नामावली प्रकाशित गर्ने तालिका रहेको आयोगले जनाएको छ।
त्यस्तै पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान हुने निर्वाचन आयोगले जनाएको छ।
Post Views: 63