पुस २३ काठमाडौं ।
घोडाघोडीको सिमसार क्षेत्रमा हरिहाँसको संख्या बृद्धि भएको छ।
नेपालको पहिलो चरा अभय आरण्य (वर्ड स्याङ्चुरी) घोडाघोडी सिमसार क्षेत्रमा हरिहाँसको बढेको हो।
यही पुस १९ गते देखि २१ गते सम्म जलपन्छी गणनाको क्रममा हरिहाँसको संख्या बढेको देखिएको जनाएको छ।
जैविक विविधताले महत्त्वपूर्ण मानिएको घोडाघोडीमा चरा संरक्षण नेटवर्क कैलालीको टोलीले गणनाका क्रममा यस पटक घोडाघोडीको सूचक प्रजाति हरिहाँसको संख्या बढेको चरा संरक्षण नेटवर्कका सचिव रामकुमार चौधरीले जानकारी दिएका छन्।
वर्षायाम गरी प्रत्येक वर्ष घोडाघोडी क्षेत्रमा जलपन्छीको गणना गरिँदै आइएको जनाएको छ। यस पटक जलपन्छी गणना सकिएको छ।
सन् २०२३ मा घटेर ३१६ पुगेको हरिहाँस सन् २०२४ मा सङ्ख्या ४११ पुगेको थियो। भने सन् २०२५ मा ३७२ रहेकामा यस वर्ष उक्त संख्या बढेर ४२९ पुगेको चरा संरक्षण नेटवर्कले जनाएको छ।
गणनाको तथ्याङ अनुसार सन् २०२२ मा १ हजार ६८५, सन् २०२३ मा १ हजार २२१, सन् २०२४मा १ हजार ४३७ रहेको थियो। हाल सन् २०२५ मा गरिएको जलपन्छी गणना अनुसार १ हजार ३१६ जलपन्छी भएकामा यस वर्ष घटेर १ हजार १६८ मा सीमित भएको चरा संरक्षण नेटवर्कका अध्यक्ष दयाराम चौधरीले जानकारी दिएका छन्।
नेपालमै सबैभन्दा बढी तालतलैया भएको जिल्लाका रूपमा कैलाली जसमा २४ वटा तालतलैया छन्। चरा संरक्षण नेटवर्कका अध्यक्ष चौधरीका अनुसार घोडाघोडीमा पहिले २ हजार २००को हाराहारी रहेको जलपन्छीको सख्या १ हजार १०० मा समेटिएको जनाएका छन्।
बच्चा कोरल्न र हुर्काउनका लागि सुरक्षित स्थान मानिएको घोडाघोडीमा चराको बासस्थान असुरक्षित बन्दै जानु, आहारा घट्दै जानु, मौसम प्रतिकूल हुनु लगायत संख्या घट्दै गएको बताएका छन्। हरिहाँसको संख्यामा बृद्धि भए पनि जल पंक्षीको संख्या घटेको जनाएको छ।