इन्टरनेशनल लिग टी–२० को उपाधि डेजर्ट भाइपर्सलाई

पुस २१ काठमाडौं।
इन्टरनेशनल लिग टी–२० को उपाधि डेजर्ट भाइपर्सले जितेको छ।

गएराति यूएईमा सम्पन्न इन्टरनेशनल लिग टी–२० क्रिकेटको फाइनलमा एमआई इमिरेट्सलाई ४६ रनले हराउँदै उपाधि डेजर्ट भाइपर्सले जितेको हो।

भाइपर्सले दिएको १८३ रनको लक्ष्य पछ्याएको एमआई १८.३ ओभरमा १३६ रनमा अलआउट भएको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको डेजर्टले २० ओभरमा ४ विकेट गुमाएर १८२ रन बनाएको थियो। भने डेभिड पेन र नसीम शाहले ३–३ विकेट लिए भने कप्तान साम करानले अविजित ७४ रन बनाएका थिए।

सन् २०२३ देखि सुरु भएको आईएल टी–२० को पहिलो उपाधि गल्फ जायन्ट्सले जितेको थियो।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *