मनास्लु भ्रमण गर्ने पर्यटकको संख्या वृद्धि

पुस १८ काठमाडौं।
मनास्लु भ्रमण गर्ने पर्यटकको संख्या वृद्धि भएको छ।

मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले तयार गरेको अभिलेख अनुसार सन् २०२५ वर्ष भरी १४ हजार ९८० जना पर्यटक गोरखाको मनास्लु क्षेत्र भित्रिएको जनाएको छ।

बेमौसमी बाढीपहिरो, हिमपात र जेनजी आन्दोलनका बाबजुद पनि मनास्लु क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या वृद्धि भएको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) जनाएको हो।

मनास्लु भ्रमण गर्ने पर्यटकहरुमा १४ हजार ७३८ विदेशी, सार्क राष्ट्र बाट ३४४ र २४० जना पर्यटक भित्रिएको मनास्लु संरक्षण क्षेत्रले जनाएको छ।

सन् २०२५ मा पर्यटन भित्रिए बापत ३ करोड ८५ लाख ८६ हजार संरक्षण क्षेत्र प्रवेश शुल्क सङ्कलन भएको एमक्याप प्रमुख शेरचनले बताएका छन्।

जसमध्ये सार्क राष्ट्रका पर्यटक बाट ३ लाख ४४ हजार र नेपाली पर्यटक बाट ४८ हजार संकलन भएको जनाएको छ।

मनास्लु क्षेत्र प्रवेशका लागि सार्क राष्ट्रका पर्यटकले प्रतिव्यक्ति रु. १ हजार र अन्य राष्ट्रका पर्यटकले रु.३ हजार बुझाउनु पर्ने व्यवस्था रहेको कार्यालयले जनाएको छ।

एमक्याप प्रमुख सन्तोष शेरचन भने स्रोतसाधनको प्रयोग गरेर पर्यटकको राम्रो व्यवस्थापन गर्ने हो भने केही वर्षमा मनास्लु क्षेत्र नेपालकै चर्चित पर्यटकीय गन्तव्य बन्न सक्ने बताएका छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *