पुस १८ काठमाडौं ।
कञ्चनपुरको दोधारा चाँदनीमा बाघको डमरु मृत्यु भएको छ।
दोधारा चाँदनी नगरपालिका–१ को चाँदनी गैरीशंकर सामुदायिक वन क्षेत्र नजिकै जोगबुढा नदीमा फसेको बाघको डमरूको मृत्यु भएको हो।
नदीको हिलो र पानीमा फसेको अवस्थामा भेटिएको बाघको बच्चा (डमरू) समयमै उद्धार नहुँदा मृत्यु भएको जनाएको छ।
स्थानीयले तत्कालै डिभिजन वन कार्यालय र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयलाई खबर गरेको भएता पनि दुवै निकाय बाट उद्धारमा ढिलाइ हुँदा डमरुको मृत्यु भएको स्थानीयले बताएका छन्।
मृत्यु भएको डमरूको उमेर करीब दुई महिनाको भएको उल्लेख गरेको छ।
Post Views: 1