पुस १८ काठमाडौं ।
देशभर पश्चिमी वायुको प्रभाव उच्च पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको छ।
हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा दिउँसो हुस्सु तथा कुहिरो लाग्ने र केही प्रदेशमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी तथा हिमाली भू–भागमा साधारण बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने जनाएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भू–भागको केही स्थानमा हल्का हिमपातको सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ। भने तराईका केही स्थानमा हुस्सु लाग्ने जनाएको छ।