शीतलहर चलेपछि दाङ, सुनसरी र वीरगन्जका विद्यालय बन्द

पुस १६ काठमाडौं।
शीतलहर चलेपछि दाङ, सुनसरी र वीरगन्जका विद्यालय बन्द गरिएको छ।

शीतलहर चलेपछि फेरि विद्यालयहरुले पठनपाठन बन्द गर्ने निर्णय गरेको हो।

पछिल्लो दुई सातादेखि लगातार चिसो बढेसँगै दाङ, सुनसरी र वीरगन्जका विद्यालयले १६ देखि १८ गतेसम्म थप बिदा दिने निर्णय गरेका छन्।

विगत केही दिनदेखि बढ्दै गएको चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै बर्खेे बिदा बाट कट्टा हुनेगरी सामुदायिक र संस्थागत विद्यालयले थप बिदा दिने निर्णय गरेको छ।

आगामी पुस २० गतेदेखि विद्यालय पुनः सञ्चालन हुने जनाइएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *