बंगलादेशको पहिलो महिला प्रधानमन्त्री खालिदा ८० वर्षको उमेरमा निधन

पुस १५ काठमाडौं ।

बंगलादेशको पहिलो महिला प्रधानमन्त्री खालिदा जिया ८० वर्षको उमेरमा निधन भएको छन्।

आज बिहान् ६ बजे बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको निधन भएको हो।

बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)को मिडिया सेलले सामाजिक सञ्जाल फेसबुक मार्फत् खालिदाको निधन भएको सूचना दिएको छ।

‘बीएनपीकी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बेगम खालिदा जियाको आज बिहान ६ बजे निधन भएको बीएनपीले सोशल मिडिया प्लेटफर्म एक्समा लेखिएको छ।

२५ डिसेम्बरमा खालिदाका छोरा तारिक रहमान १७ वर्षपछि लण्डन बाट ढाका फर्किएको पाँच दिनपछि खालिदाको निधन भएको उल्लेख गरेको छ।

चार दशकभन्दा बढी समय देखि बंगलादेशको राजनीतिमा सक्रिय रहेकी खालिदा पछिल्ला केही महिनादेखि बिरामी भई ढाकाको इभरकेयर अस्पतालमा उपचार भइरहेको थियो।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *