अर्थिक वर्षको पाँच महिनामा मेची भन्सार कार्यालय बाट ३ अर्ब बढी राजस्व सङ्कलन

पुस १५ काठमाडौं ।
आर्थिक वर्षको पाँच महिनामा मेची भन्सार कार्यालय बाट ३ अर्ब बढीको राजस्व सङ्कलन गरेको छ।

मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२, ८३ को पहिलो पाँच महिनामा ३ अर्ब ८० करोड ५८ लाख ६४ हजार राजस्व सङ्कलन गरेको छ।

कार्यालयको अनुसार सबैभन्दा बढी राजस्व पेट्रोलियम पदार्थको आयातबाट सङ्कलन गरेको जनाएको छ।

चालु आर्थिक वर्षको ५ महिनामा ५ किसिमका ७ अर्ब ८४ करोड ४० लाख मूल्य बराबरको ११ हजार २८ किलो लिटर पेट्रोलियम पदार्थ आयात भएको कायाृलयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईले जानकारी दिएका छन्।

पेट्रोलियम पदार्थले कार्यालयको कुल राजस्व सङ्कलनको ५५.८० प्रतिशत, तयारी कपडाबाट ४.१४ प्रतिशत, यातायातका साधन तथा तिनका पार्टपुर्जाबाट ३.६८ प्रतिशत, तरकारी बाट ३.४० प्रतिशत र सिमेन्ट क्लिङ्करबाट ३.३० प्रतिशत राजस्व सङ्कलन भएको कार्यालयको तथ्याङ्कक रहेको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *