आज तमु ल्होसार पर्व मनाइँदै

पुस १५ काठमाडौं ।
आज तमु ल्होसार पर्व मनाइँदै छ।

आज गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर तमु ल्होसार पर्व मनाउँदैछन्।

गरुङ समुदायको अनुसार ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो।

गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुसमा यो पर्व मनाउने गरिएको छ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको बताउँछन्।

आज टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रम आयोजना गरि तमु ल्होसार मनाउदै छन्। भने पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा पनि दिएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *