म्याग्दीको धवलागिरिमा बन्द रहेको तामाखानी उत्खननका लागि अध्ययन सुरु

पुस १४ काठमाडौं।

म्याग्दीको धवलागिरिमा बन्द रहेको तामाखानी उत्खननका लागि अध्ययन सुरु भएको छ।

म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिममा ५ दशक देखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि अध्ययन थालिएको हो।

खानी तथा भूगर्भ विभाग बाट अनुमति लिएको कम्पनी एमएस दोङयी मिनरल्स प्रालिले मच्छिमको तामाखानीको खोजतलास तथा उत्खननका लागि पुनः अध्ययन थालेको जनाएको छ।

मच्छिम गाउँ देखि नजिकै रहेको पाखोमा ६ ठाउँमा रहेका तामाखानी पाँच दशकदेखि बन्द अवस्थामा रहेको थियो।

तामाखानी अध्ययनका लागि मच्छिम हुँदै गाउँपालिकाको केन्द्र मुना जोड्ने मुख्य सडकदेखि तामाखानी जोड्ने पहुँचमार्ग निर्माण गरिसकेको जनाएका छन्।

भूगर्भविद्हरूको टोली तामा खानीमा तामाको मात्रा पहिचान अध्ययनका लागि आएको धवलागिरि गाउँपालिका–७ का वडाध्यक्ष अशोक खत्रीले बताएका छन्।

खानीको खोजतलास र सम्भाव्यता अध्ययन गरेपछि अर्को चरणमा उत्खननको प्रक्रिया अघि बढाइने वडाध्यक्ष खत्रीले बताएका छन्।

मच्छिमको खानी बाट २०२८ सालसम्म स्थानीय प्रविधिको प्रयोग गरेर तामा निकाल्ने गरिरहे पनि प्रविधिको अभाव र आम्दानीभन्दा बढी राज्यलाई कर तिर्नुपर्ने अवस्था आएपछि अहिले तामाखानी बन्द भएको स्थानियले बताएका छन्।

तामा खानी उत्खननका लागि आएका छन्त्याल समुदायले मच्छिममा बस्ती बसाएको इतिहास रहेको बताएका छन्।

स्थानीयवासीले सुरुङ बाट भित्र छिरेर घन, छिनोको प्रयोग गरेर तामा निकालेर उक्त खानी बाट निकालेको तामा बाट गाग्री, टाउलो, माना, पाथी, गिलास लगायत भाँडा तयार पार्ने गरेको जनाएको छ।

खानी तथा भूगर्भ विभागका अनुसार म्याग्दीमा तामा, फलाम, क्वार्ज, कप्रक, चुनढुङ्गा, खरिढुङ्गा, स्लेटढुङ्गा, मार्बल र तातोपानीका मुहानहरु (हटस्पिङ) पाइन्छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *