पुस १२ काठमाडौं।
चालु आर्थिक वर्षमा ६० प्रतिशतले अलैची निर्यात बढेको छ।
चालु आर्थिक वर्ष २०८२, ०८३ को मङ्सिर मसान्त सम्ममा अलैँचीको निर्यात ६०.१० प्रतिशतले बढेको हो।
चालु आर्थिक वर्षमा रु. ५ अर्व ५३ करोड ३२ लाख ४९ हजार बराबरको अलैची निर्यात भएको मेची भन्सार कार्यालय तथ्याङ्कले उल्लेख गरिएको छ।
भन्सार कार्यालयको सूचना अधिकारी ईश्वरकुमार हुमागाईको अनुसार ५ महिनाको अवधिमा २ हजार ६२२. १० मेट्रिक टन अलैँची निर्यात भएको जानकारी दिएका छन्।
अघिल्लो आर्थिक वर्षको २०८१,०८२ को सोही अवधीमा रु.३ अर्ब ४५ करोड ६३ लाख बराबरको अलैँची निर्यात भएको बताएका छन्।
कार्यालयको तथ्याङ्क अनुसार निर्यात हुने मुख्य वस्तुहरूमा भेनीयर सिट १२९.९० प्रतिशत, छुर्पी ३२ प्रतिशत, अदुवा, सुठो ४८.७० प्रतिशत, काउली, ब्रोकाउली र बन्दागोपी ३६.१० र मुसुरो दाल ४८१ प्रतिशतले वृद्धि भएको उल्लेख गरेको छ।
यसै गरी प्लाउड ४६ प्रतिशत, अम्रिसो ३५.५० प्रतिशत र फलामे पाता निर्यातमा ९७.८० प्रतिशतले कमी आएको भन्सार कार्यालयले जनाएको छ।
मेची भन्सार कार्यालय बाट चालु आर्थिक वर्ष २०८२,०८३ को पहिलो पाँच महिनामा रु. १० अर्ब ७१ करोड ५४ लाख १३ हजार बराबरको मालवस्तु निर्यात भएको उल्लेख गरेको छ।