पुस १० काठमाडौं ।
आज क्रिश्चियन धर्मावलम्बीहरुले क्रिसमस डे मनाउँदै छन्।
क्रिश्चियन धर्मावलम्बीहरुले आज भन्दा करिब दुई हजार वर्ष अघि येशु ख्रीष्टको जन्मभएको उपलक्ष्यमा क्रिसमस डे मनाउँदै छन्।
नेपाल ख्रिष्टियन महासङ्घको अनुसार पवित्र आत्मा कुमारी मरियम गर्भवती भई कुमारी बाट जन्मएको भनिएका येशु ख्रीष्टले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई क्रिमस डेका रुपमा मनाउने गरेको बताएका छन्।
मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले जानकारी दिएका छन्।
विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि महासङ्घले महोत्सवका रूपमा मनाउन थालेको जनाएको छ।
महासंघ मूल समारोह समितिको आयोजनामा आज दिउँसो क्रिसमस महोत्सव २०८२ आयोजना गरिएको र उक्त कार्यक्रममा सरकारका प्रतिनिधि, सरोकार भएका निकायका अधिकारी, मानव अधिकारवादी लगायतको उपस्थिति रहने अध्यक्ष गहतराजले बताएका छन्।
क्रिसमस डे को अवसरमा सार्वजनिक बिदा दिइएको छ।