पुस ९ काठमाडौं ।
पश्चिम तराईको तापक्रम सरदर ९ डिग्रीले घटेको छ।
नेपालको तराई क्षेत्र विशेषगरी पश्चिम तराईमा विगत केही दिनदेखि चिसो ह्वात्तै बढेको छ।
नेपालगन्ज लगायतका क्षेत्रमा अधिकतम तापक्रम सरदर भन्दा निकै तल झरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
मौसमविद् सरोज पुडासैनीका अनुसार धनगढीमा यो समयको सरदर अधिकतम तापक्रम २२.३ डिग्री सेल्सियस रहनु पर्नेमा सरदरभन्दा करिब ९ डिग्री सेल्सियसको गिरावट आएपछि स्थानीयको दैनिकी र हवाई उडान प्रभावित भएको जनाएका छन्।
त्यस्तै नेपालगन्जको तापक्रम पनि सरदर २२.१ डिग्री सेल्सियस हुनुपर्नेमा हिजो घटेर आज ती क्षेत्रको तापक्रम १५ देखि १७ डिग्री सेल्सियस आसपास रहने अनुमान गरिएको मौसमविद जानकारी दिएका छन्।
तराई देखि पहाडी खोँचसम्म हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
काठमाडौँ उपत्यकामा भने बिहानको समयमा केही हुस्सु लागे पनि दिउँसो घाम लाग्ने प्रक्षेपण गरिएको जनाएको छ।
आज काठमाडौंको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस मापन गरिएको छ।