पुस ८ काठमाडौं ।
मेची भन्सार कार्यालय बाट ५ महिनामा २० अर्ब बढी आयात भएको छ।
चालु आर्थिक वर्ष २०८२, ८३ को मङ्सिर मसान्त सम्ममा पूर्वीनाका काँकरभिट्टा बाट २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका कार्यालयले उल्लेख गरेका छ।
गत आर्थिक वर्ष २०८१, ८२ को सोही अवधिको तुलनामा १ अर्ब ४१ करोड ७६ लाख अर्थात् ७.५७ प्रतिशतले बढी आयात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँले बताएका छन्।
चालु आर्थिक वर्ष २०८२, ८३ को पहिलो ५ महिनामा भन्सार कार्यालय नाका बाट हुने निर्यात भने घटेको जनाएको छ। ५ महिनाको अवधिमा १० अर्ब ७१ करोड ५४ लाखबराबरको सामान विभिन्न देशमा निर्यात भएको जनाएको छ।
गत आवको सोही अवधिमा ११ अर्ब ४७ करोड ९३ लाखको वस्तु तथा सामान निर्यात भएकोमा यस वर्ष ६.६५ प्रतिशतले निर्यात घटेको जनाएको छ।
पूर्वीनाका बाट निर्यात हुने मुख्य वस्तुमा अलैँची, चिया, प्लाइउड, भेनिउर सिट, छुर्पी, अम्रिसो, अदुवा, सुठो, मुसुरो, फलामे पाता लगायत निर्यात हुने गरेको छ।
आयात हुने मुख्यतय पेट्रोलियम पदार्थ, तयारी कपडा, तरकारी, यातायातका साधन र तिनका पाटपुर्जा, सिमेन्ट क्लिङ्कर, शृङ्गारका सामान, कफी, प्लास्टिकका कच्चा पदार्थ, जुत्ता तथा चप्पल र खनिज उत्पादन लगायत रहेको भन्सार कार्यालयले जनाएको छ।
कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको २०८२, ८३ को मङ्सिर मसान्तसम्ममा आयात निर्यात बाट रु.६ अर्ब ८२ करोड २ लाख ७१ हजार राजस्व सङ्कलन भएको जनाएको छ।