दाङको बाह्रकुने दहमा आन्तरिक पर्यटकको आकर्षण बढ्दो

पुस ८ काठमाडौं।
दाङको बाह्रकुने दहमा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ।

घोराही उपमहानगरपालिका–१३ स्थित बाह्रकुने दह पछिल्लो समय आन्तरिक पर्यटकको संख्या बढ्दै गएको हो।

दहमा १२ कुना भएकाले यस दहको नाम बाह्रकुने दह रहन गएको जनाएको छ। भने आन्तरिक र बाह्र पर्यटकको गन्तव्यका रूपमा रहेको बाह्रकुने दहमा पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै गएको छ।

मनोरम सुन्दर प्रकृतिक दृश्य देखिने बाह्रकुने दहको सौन्दर्य अतुलनीय र लुम्बिनी प्रदेशको एउटा नमुनाका रुपमा रहेको जनाएको छ।

बाह्रकुने दहलाई धार्मिक एवं पर्यटकीयस्थलका रुपमा चिनिने गरेको छ। बाह्र भाइ बराहमध्ये एक भाइ बाह्रकुनेमा बसेको भन्ने किंवदन्ती रहेको छ।

घोराही बजारको नजिकै रहेको र यातायातको सुविधा भएकाले बिदाको दिन भिडभाड हुने घुम्न आउने पर्यटकले बताएका छन्।

बराहक्षेत्र संरक्षण समितिका अध्यक्ष देवबहादुर घर्तीका अनुसार ‘बाह्रकुने दहमा बर माग्नका लागि भक्तजन आउने र माघेसङ्क्रान्तिको दिन ठूलो मेला लाग्ने बताएका छन्।

बाह्रकुने दहको उत्तरतिर रहेको ज्यामिरे दहलाई ठूलो बनाएपछि हरेक दिन आन्तरिक पर्यटक त्यहाँ पुग्ने गरेको बताएका छन्।

ज्यामिरे दहमा डुङ्ग सञ्चालन गर्दै आएका वीरजङ्ग पुनका अनुसार अन्य दिनभन्दा बिदाको दिन बढी आन्तरिक पर्यटक त्यहाँ आउने गरेको बताएका छन्।

जङ्गलबीचमा सुन्दर पर्यटकीय गन्तव्यका रुपमा रहेको तालमा जिल्ला र बाहिर बाट घुम्न आन्तरिक पर्यटक आउने गरेका छन्।

पुनका अनुसार पछिल्लो समय दैनिक सरदर २०० देखि ३०० जनासम्म ब्राहकुने दह घुम्न आउने गरेको उल्लेख गरेका छन्।

विगत तीन वर्षदेखि ज्यामिरे दहमा डुङ्गा चलाउँदै आएका पुनले डुङ्गा चलाएरै मासिक १५ देखि २० हजारसम्म आम्दानी हुने गरेको बताएका छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *