पुस ७ काठमाडौं।
आर्थिक वर्षको पाँच महिनामा ८ खर्ब बढि अन्तर्राष्ट्रिय व्यापार भएको छ।
चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा नेपालको अन्तर्राष्ट्रिय व्यापार ८ खर्ब ८२ अर्ब माथि पुगेको जनाएको छ।
गत वर्षको तुलनामा यो वर्ष समग्र अन्तर्राष्ट्रिय व्यापार २० प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ।
अघिल्लो वर्ष यसै अवधिमा ७ खर्ब ३५ अर्ब रूपैयाँमा बरारबको व्यापार भएकोमा चालु वर्षको साउन, भदौ, असोज, कात्तिक र मंसिर महिनामा गरी ७ खर्ब ६६ अर्ब रूपैयाँ बराबरको आयात व्यापार भएको जनाएको छ।
आयात व्यापार गत वर्षको यही अवधिको तुलनामा १५ प्रतिशतले बढेको छ। भने निर्यात व्यापार अघिल्लो वर्षको यही अवधिको तुलनामा ५८ प्रतिशतले बढेको उल्लेख गरेको छ।
पाँच महिनामा औसत मासिक निर्यात २३ अर्ब २ करोड बराबरको व्यापार भएको छ। भने मंसिर महिनाको निर्यात २३ अर्ब रूपैयाँ बराबरको भएको जनाएको छ।