यस वर्ष मतदाताको संख्या ५.६५ प्रतिशतले वृद्धि

पुस ७ काठमाडौं ।
यस वर्ष मतदाताको संख्या ५.६५ प्रतिशतले वृद्धि भएको छ।

अघिल्लो निर्वाचनको तुलनामा यस पटक मतदाताको संख्यामा ५.६५ प्रतिशतले वृद्धि भएको निर्वाचन आयोगले जनाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको सर्वपक्षीय छलफलका क्रममा निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले २०७९ सालको चुनाव भन्दा यसपटक मतदाताको संख्यामा ५.६५ प्रतिशतले वृद्धि भएको जानकारी गराएका हुन्।

सर्वपक्षीय छलफलका क्रममा प्रस्तुतीकरण गर्दै भट्टराईले मतदाताको संख्यामा ५.६५ प्रतिशतले बृद्धि भएको जानकारी गराएका छन्।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० जना रहेकोमा यस वर्ष मतदाताको संख्या बढेर १ करोड ९० लाख ५ हजार ३२४ पुगेको जनाएको छ।

यस पटक १० लाख १६ हजार ७५४ जना मतदाता थपिएर एक करोड ९० लाख ५ हजार ३२४ पुगेको आयोगले जनाएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *