पुस ६ काठमाडौं ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना गरिएको छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले देशभर बाघ गणना सुरु गरेसँगै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले पनि बाघ गणना गरको हो।
निकुञ्ज कार्यालयको अनुसार बाघ गणनाका लागि पाँच वटा राष्ट्रिय निकुञ्ज र निकुञ्ज बाहिरका क्षेत्रलाई समेत समेटेर तीन वटा ‘कम्प्लेक्स’ बनाइएको जनाएको छ।
हाल चितवन–पर्सा कम्प्लेक्स, बर्दिया र बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघ गणना भइरहेकाले शुक्लाफाँटा तेस्रो कम्प्लेक्समा पनि अन्य स्थानमा बाघ गणना सकिए पछि बाघ गणना सुरु गरिने जनाएको छ।
निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार तेस्रो कम्प्लेक्स अन्तर्गत शुक्लाफाँटामा बाघ गणना हुने जनाएको छ।
बाघ गणनाका लागि निकुञ्जका तर्फ बाट आवश्यक जनशक्ति सहित सबै तयारी पूरा भइसकेको जनाएको छ।
पछिल्लो समय शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या बढ्दै गएको छ।
सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ गणना अनुसार शुक्लाफाँटामा ३६ वटा बाघ रहेकामा पछिल्लो समय निकुञ्ज कार्यालयको आन्तरिक अनुगमनमा यस वर्ष ४३ बाघ फेला परेका छन्।