राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर स्तरोन्नति सम्पन्न

पुस ६ काठमाडौं ।
राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकको स्तारोन्नति सम्पन्न भएको छ।

चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर सडक योजना अन्तर्गत म्याग्दीको तातोपानी देखि मुस्ताङको घाँसा खण्डको सडक स्तरोन्नति सकिएको हो।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग–तातोपानीको नागढुङ्गा देखि मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसाको कैह्कुखोला खण्डको सडकलाई ११ मिटर फराकिलो बनाएर दुई लेन कालोपत्र र ढलान गर्न आर्थिक वर्ष २०७३,७४ देखि योजना सुरु भएको थियो ।

शर्मा–गजुरमुखी जेभीले ‘भेरियसन अर्डर’सहित रु. ६३ करोडमा ठेक्का लिएको तातोपानी–घाँसा खण्डको १६ किलोमिटर ५०० मिटर सडकमध्ये पहिरो प्रभावित तीन किलोमिटर ३०० मिटर बाहेकको ठाउँमा कालोपत्र र ढलान गर्ने काम सकिएको जनाएको छ।

पहिरो प्रभावित गुइँठे, खामभित्ता, दुवारीखोला, लाटोखोला, रुप्से, घोप्टेभिर, ठाडोखोला खण्डमा आयोजनाले नयाँ ठेक्कामार्फत काम सुरु गरेको छ।

कडा चट्टान र साँघुरो सडक भएको काभ्रेभिर, बादरजुङ र घोप्टेभिर क्षेत्रमा ‘रक एङ्करिङ’ गरेर सडक फराकिलो बनाइएको छ। भने नागढुङ्गा, जलथले, गुइँठे, सुकेबगर, दाना, तितर, काभ्रे र घाँसा क्षेत्रमा कालोपत्र भएको जनाएको छ।

प्रतिकूल भूगोल, कोरोना महामारी, बाढीपहिरो, नदीजन्य निर्माण सामग्री अभाव लगायत कारणले योजना निर्माणमा ढिलाइ भएको हो” भने, “स्तरोन्नति सकिएको सडकलाई औपचारिक रूपमा सडक आयोजना कार्यालयलाई हस्तान्तरणको प्रक्रियामा रहको जनाएको छ।

मुस्ताङ आवतजावत गर्ने पर्यटक, तीर्थयात्री, स्थानीयवासीका साथै कोरला नाका बाट सामान आयातनिर्यात गर्ने मालवाहक सवारीसाधनलाई समेत सहज भएको जनाएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *