चिनियाँ राजदूत सोङले गरे प्रतिनिधि सभाका सभामुखसँग बिदाइ भेट

पुस ६ काठमाडौं ।
चिनियाँ राजदूतले प्रतिनिधि सभाका सभामुख सँग बिदाई भेट गरेका छन्।

सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले बिदाइ भेट गरेका हुन्।

भेटका क्रममा द्विपक्षीय सम्बन्ध सुदृढीकरण, आर्थिक तथा विकास सहकार्य विस्तार लगायतका विषयमा छलफल समेत भएको जनाएको छ।

सभामुख घिमिरेले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी स्वदेश फर्किन लागेका राजदूत सोङलाई बधाई दिँदै नेपाल–चीन द्विपक्षीय सम्बन्ध सुदृढीकरण, आर्थिक तथा विकास सहकार्य विस्तार तथा दुवै देशका संसदहरू बीच सम्बन्ध मजबुत बनाउन योगदान गरेको भन्दै प्रशंसा गरेका थिए।

सभामुख घिमिरेले नेपाल एक–चीन सिद्धान्तप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको भन्दै नेपाली भूमिमा चीनको हितविरुद्ध कुनै गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।

सभामुख घिमिरेले चीन सरकारबाट प्राप्त हुँदै आएको उदार विकास सहायताप्रति नेपाल आभारी व्यक्त गरेका छन्।

बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई)सम्झौता अन्तर्गतका तथा अन्य विकास सहायता परियोजनाहरू यथाशीघ्र कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्।

दिन अघि नेपाल–चीन आर्थिक सहकार्य र लगानी सम्बन्धी कार्यशाला भएको स्मरण गर्दै राजदूत सोङले धेरै चिनियाँ व्यवसायी नेपालमा लगानी गर्न इच्छुक रहेको बताएका छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *