अमेरिकाले गर्यो सिरियामा हवाई हमला

पुस ५ काठमाडौं ।
अमेरिकाले सिरियामा हवाई हमला गरेको छ।

अन्तराष्ट्रिय सञ्चार माध्यमहरुको अनुसार सिसियामा इस्लामिक स्टेट (आईएसआईएस) को क्याम्प, हतियार मण्डारण केन्द्रलाई लक्ष्य गरेर अमेरिकाले दर्जर्नौ स्थानमा हवाई हमला गरेको जनाएको छ।

हालै सिरियामा भएको आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको बदला स्वरूप अमेरिकाले सिरियाको विभिन्न झन्डै ७० ठाउँलाई लक्षित गरि हमला गरेको जनाएको हो।

अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनको अनुसार यस हवाई हमलालाई ‘अरेसन हकवाइ’ नाम दिइएको जनाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट लेखेर हत्या गर्ने आतंककारीविरुद्ध गम्भीर बदला लिइँदैछ भनेर लेखेका छन्।

डिसेम्बर १३ मा सिरियाको पाल्माइरामा भएको आक्रमणमा दुई अमेरिकी सैनिक र एक नागरिक अनुवादकको मृत्यु भएको थियो।
सिरियामा हाल पनि सयौँ अमेरिकी सैनिक तैनाथ रहेको उल्लेख गरेका छन्। भने पछिल्लो समय जोर्डन सहितका साझेदार देशहरूले पनि अमेरिकालाई साथ दिएको जनाएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *