पुस ५काठमाडौं ।
राप्ती र नारायणी नदीमा घडियाल गोहीको संख्या बढेको छ।
चितवनका दुई प्रमुख नदीहरु राप्ती र नारायणीमा दुर्लभ एवं संकटापन्न प्रजाति घडियाल गोहीको संख्या बढेको पाइएको हो।
दुवै नदीमा गरिएको अनुगमन गणनाका क्रममा ३६६ वटा घडियाल गोही प्रत्यक्ष रुपमा देखिएको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ।
कार्यालयको अनुसार राप्ती नदीमा २३१ वटा र नारायणी नदीमा १३५ वटा घडियाल गोही रहेको जनाएको हो।
दुवै नदी प्रणालीमा भाले घडियाल गोहीको संख्या अघिल्लो वर्षको तुलनामा धेरै रहेको पाइएको कार्यालयले जनाएको छ।
निकुञ्जले २०८२ मंसिर २१ गतेदेखि २९ गतेसम्म चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै बग्ने राप्ती नदी र नारायणी नदीमा घडियाल गोहीको प्रत्यक्ष अवलोकन तथा गणना गरेको थियो।
चितवन राष्ट्रिय निकुञ्जको कसरामा सन् १९७८ देखि घडियाल गोही प्रजनन् केन्द्र स्थापना गरेर घडियाल गोही संरक्षणमा महत्वपूर्ण काम हुँदै आएको छ।
केन्द्रले हरेक बर्ष खोला बाट घडियालका अण्डा संकलन गरेर बच्चा तयार गरी राप्ती तथा नारायणी सहित देशका अन्य नदीहरुमा छाड्दै आएको छ।