अमेरिकाले डिभी लोटरी कार्यक्रम बन्द गर्ने

पुस ४ काठमाडौं।
अमेरिकाले डिभी लोटरी कार्यक्रम बन्द गर्ने भएको छ।

ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्ड पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम अस्थायी रुपमा रोक लगाउने घोषणा गरेकी छन्।

गोलीकाण्डमा संलग्न भएका व्यक्ति डिभी लोटरी कार्यक्रम बाटै ८ वर्षअघि अमेरिका प्रवेश गरेको खुलेपछि ट्रम्पले त्यस्तो निर्देशन दिएको उल्लेख गरेको छ।

न्यूयोर्क बाट प्रकाशन हुने सिबिएस न्युजको अनुसार अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम अस्थायी रूपमा रोक लगाइने घोषणा गरेकी हुन्।

अधिकारिहरूका अनुसार क्लाउडिओ म्यानुएल नेभेस भ्यालेन्टी नाम गरेका ४८ वर्षीय पोर्चुगिज नागरिक सन् २०१७ मा डिभी मार्फत अमेरिकामा प्रवेश गरेका थिए।

गोलीकाण्डको घटना पछि अमेरिकाले आप्रवासी नीतिमा कडाइ गरेको छ। भने सीमानामा पट्रोलिङ बढाउने सँगै अन्य माध्यम बाट अमेरिका प्रवेश गर्ने माध्यममा समेत कडाइ गरेको जनाएको छ।

गत महिना वाशिङ्टन डिसीस्थित ह्वाइट हाउसनजिक भएको गोलीकाण्डको घटनापछि विभिन्न देशका नागरिकलाई अमेरिका प्रवेशमा समेत रोक लगाएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *