कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको चहलपहल बढ्दो

पुस ४ काठमाडौं।
कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको चहलपहल बढदै गएको छ।

ताप्लेजुङस्थित विश्वकै तेस्रो र नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्र विदेशी पर्यटकको लागि आकर्षक गन्तव्य बन्दै गएको छ।

पछिल्ला वर्षहरूमा कञ्चनजङ्घा क्षेत्रमा विदेशी पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको हो।

कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयको अनुसार केही वर्ष अघिसम्म सीमित संख्यामा मात्रै पर्यटक आउने गरे पनि पछिल्ला दिनमा क्रमशः बढ्दै गएको कार्यालयको तथ्याङ्कमा उल्लेख रहेको छ।

संरक्षण क्षेत्र कार्यालयले गत वर्ष मंसिर मसान्तसम्म ८७७ जना विदेशी पर्यटकले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेकामा यस वर्ष सोही अवधिमा ९४३ जना विदेशी पर्यटक पुगेका जनाएको छ।

कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का पर्यटन सहायक टासी तेन्जिङ शेर्पाको अनुसार मुख्य सिजन मंसिरमै सकिने भए पनि मंसिर पछि पनि फाट्टफुट्ट रूपमा पर्यटक आउने क्रम जारी रहेको बताएका छन्।

कोभिड–१९ महामारीले भने कञ्चनजङ्घा पर्यटनलाई ठूलो धक्का दिएको थियो। कोरोना महामारीको मुख्य समय आर्थिक वर्ष २०७७,०७८ मा कञ्चनजङ्घा भ्रमण गर्ने विदेशी पर्यटकको संख्या शून्य रहेको थियो।

त्यसपछि अवस्था अहिले क्रमशः पर्यटनका लागि सुधार हुँदै गएको छ। कार्यलयको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०८०,०८१ मा १ हजार ८५ जना विदेशी पर्यटकले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेको जनाएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *