आज सुदूरपश्चिममा भुवा पर्व मनाउँदै

पुस ४ काठमाडौं।

आज सुदूरपश्चिम प्रदेशमा भुवा पर्व मनाउँदै छ।

पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ।

प्रत्येक वर्ष सुदूरपश्चिम प्रदेशमा मौलिक एवं ऐतिहासिक सांस्कृतिक पर्व भुवाको अवसरमा सार्वजनिक बिदा दिइएको छ।

सुदूरपश्चिम प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार भुवा पर्वको अवसरमा आज प्रदेशका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिने निर्णय गरिएको हो।

बाजुरा, बझाङ र अछाममा विशेष महत्वका साथ मनाइने यो पर्व द्वापरयुगसँग जोडिएको जनाएको छ।

धार्मिक विश्वास अनुसार पाण्डव र कौरवबीचको धर्मयुद्धमा पाण्डवहरूले प्राप्त गरेको विजयको खुसियालीमा भुवा पर्व मनाउने गरिएको जनाएको छ।

यस पर्वमा प्रदर्शन गरिने भुवा नाचलाई वीरताको प्रतीकका रुपमा लिइने शुक्लाफाँटा नगरपालिका–११ का पूर्ववडाध्यक्ष दिलबहादुर बुढाले बताएका छन्।

धनगढी, महेन्द्रनगर लगायत सहरी क्षेत्रमा पहाडी जिल्लाको मौलिकता झल्किने गरी भुवा नाच र देउडा खेलको विशेष आयोजना गरिँदै आएको छ।

यस पर्वले पहाड र तराईबीचको सांस्कृतिक एकतालाई बलियो बनाएको दिलबहादुर बुढाले बताएका छन्।

भुवा पर्व पुस कृष्ण औँसीको अघिल्लो दिनदेखि सुरु भई तीनदेखि पाँच दिनसम्म उल्लासपूर्वक मनाइन्छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *