पुस ४ कामाडौं ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु भएको छ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको जनाएको छ।
नेपाल विद्युत् प्राधिकरण अन्तर्गत नवलपुर ग्रामीण विद्युतीकरण तथा चैले, चराङ (मुस्ताङ) ३३ केभी प्रसारण लाइन सवस्टेसन निर्माण आयोजनाले दुई वटा विद्युत् सवस्टेसन निर्माण सुरु गरेको हो।
मुस्ताङ ३३ केभिए विद्युत् प्रसारण लाइन तथा सवस्टेसन निर्माण प्रक्रिया अघि बढेको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जनाएका छन्।
अध्यक्ष सहित आयोजना र निर्माण कम्पनीका प्रतिनिधिले मुस्ताङको चैले र चराङमा पुगेर सवस्टेसन निर्माण क्षेत्रको स्थलगत अवलोकन तथा सर्वे गरेको जनाएका छन्।
भारतीय निर्माण कम्पनी देवयान्स र नेपाली निर्माण कम्पनी भिसानको सहकार्यमा देवयान्स–भिसान जेभीले रु. ३८ करोड लागतमा ठेक्का सम्झौता गरेको आयोजना प्रमुख विमलराज राउतले जानकारी दिएका छन्।
मुस्ताङ जिल्लालाई पूर्ण रूपमा विद्युतीकरण गर्ने उद्देश्यले प्राधिकरणले गत वर्ष ठेक्का सम्झौता गरेको थियो।
प्राधिकरणले एक वर्षअघि सवस्टेसन निर्माण प्रक्रिया अघि बढाए पनि सबै ठेक्का प्रक्रिया पूरा गर्न करिब ११ महिना समय खर्चिनुपरेको आयोजना प्रमुखले बताएका छन्।
आयोजना र निर्माण कम्पनीबीच चैले, चराङमा उक्त सवस्टेसन १५ भित्र निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको जनाउँदै चैले र चराङमा दुई वटा ‘थ्रिएमबिए’ को ३३ केभी सवस्टेसन निर्माण हुने उल्लेख गरेको छ।