मंसिर २७ काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ।
आज भएको फाइनल खेलमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी लायन्सले उपाधि जितेको हो।
प्रतियोगिलाकै सर्वोत्कृष्ट नेपाली खेलाडी पनि लुम्बिनी लायन्सकै रोहित पौडेल घोषित भएका छन्।
रोहितले ओमोडा कार प्राप्त गरेका छन्। भने २७६ रन बनाउनुका साथै १० विकेट लिएका थिए। उपाधिसँगै लुम्बिनीका खेलाडीहरूले त्रिवि रंगशालामा खुसी साटासाट गरेका छन्।
यस्तै रेड बूल इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट सुदूरपश्चिमका अविनाश बोहरा घोषित भएका छन्। उनले १७ विकेट लिएका थिए।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी लुम्बिनी लायन्सका नामिबियन पेस बलर रुबेन ट्रम्पलमन घोषित भएका छन्। १५ विकेट लिएका उनले ५ लाख रुपैयाँ प्राप्त गरेका छन्।
प्रतियोगिताको सर्वोत्कृष्ट बलर विराटगरका सन्दीप लामिछानेले पल्सर बाइक प्राप्त गरेका छन्।
प्रतियोगिताको उत्कृष्ट ब्याटरमा पनि रोहित पौडेल घोषित भएका छन्। उनले पनि पल्सर बाइक प्राप्त गरेका छन्।