मंसिर २५ काठमाडौं।
अमेरिकाले भेनेजुएलाको तट बाट लाखौं ब्यारेल तेल बोकेको पानी जहाज जफत गरेको छ।
ब्यारेल कच्चा तेल बोकेको सामुद्रिक जहाज जफत भेनेजुएला बाट लाखौं ब्यारेल तेल लिएर क्युबा जाँदै गरेको ट्यांकर जहाज एफबीआई, होमल्याण्ड सेक्युरिटी र कोस्ट गार्डले सेनाको सहयोगमा जफत गरेको अमेरिकी अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
अमेरिकाको महान्यायाधीवक्ता पाम बन्डीका अनुसार तेल बोकेको जहाज जफत गरिएको भिडिओ नै सार्वजनिक गएको जनाएका छन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिबन्ध लगाइएको तेल बोकेको जहाज जफत गरिएको र त्यस बाट अहिलेसम्मकै ठूलो परिमाणमा कच्चा तेल बरामद भएको बताएको छ।
जहाजमा डिसेम्बर ४–५ बीच जोसे बन्दरगाह बाट करिब ११ लाख ब्यारेल क्रुड तेल लोड गरेको देखाउँछ।
भेनेजुएलाले भने अमेरिकामाथि खुलेआम तेल चोरी गरेको आरोप लगाएको। भने ब्रेन्ट क्रुड ०.४ प्रतिशत बढेर ६२.२१ डलर प्रतिब्यारेलमा पुगेको अन्तराष्ट्रिय समचार संस्था रोयटर्सले जनाएको छ।
भेनेजुएलाको तट बाट ट्यांकर जफत गरेको विषयलाई उसले आफ्नो देशको सार्वभौम अधिकार र राष्ट्रिय स्वाधीनता विरूद्धको कदम भनेको छ।
क्यारेबियन सागर बाट लागुऔषध ओसारपसार गरेको भनेर ट्रम्प प्रशासनले सेप्टेम्बर देखि जहाजमा आक्रमण गर्दै आएको छ।