उपराष्ट्रपति रामसहाय यादवसँग कतारका राजदूतका मिशाल बिच भेट

मंसिर २४ काठमाडौं ।
उपराष्ट्रपति रामसहाय यादव र कतारका राजदूत मिशाल मोहम्मद अली अन्सारी बिच भेटवार्ता भएको छ।

आज लैनचौरस्ति उपराष्ट्रपति कार्यालयमा नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अल अन्सारीले उपराष्ट्रपति रामसहाय यादव सँग भेटवार्ता गरेका हुन्।

शिष्टाचार भेटका क्रममा नेपाल र कतारबीचको आपसी सम्बन्ध, बहुपक्षीय तथा क्षेत्रीय मञ्चहरूमा सहकार्य, श्रम, आप्रवासन, व्यापार लगायतका विषयमा महत्त्वपूर्ण छलफल भएको जनाएको छ।

उपराष्ट्रपति यादवले सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल र कतारबीचको सम्बन्ध मित्रता, आपसी सम्मान, विश्वास र सहयोगमा आधारित रही उत्कृष्ट रूपमा विकसित भएको जनाएका छन्।

कतारमा करिब तीन लाख ६५ हजार नेपाली श्रमिक कार्यरत रहेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले रोजगारीको अवसर प्रदान गरेकोमा कतार सरकारप्रति धन्यवाद व्यक्त गरेका छन्।

कतारको राष्ट्रिय दिवसका अवसरमा उपराष्ट्रपति यादवले राजदूतमार्फत कतारका अमिर हिज हाइनेस शेख तमिम बिन हमाद अल–थानी तथा कतारका जनतालाई हार्दिक बधाई दिँदै अमिरको सुस्वास्थ्य, खुसी तथा कतार जनताको शान्ति, प्रगति र समृद्धिको कामना गरेका छन्।

कतारका राजदूत मिशाल मोहम्मद अल अन्सारीले नेपाल र कतारबीच धेरै पुरानो तथा बलियो सम्बन्ध रहेको उल्लेख गर्दै नेपाल सरकारको अनुरोधमा कतारले ३० जना नेपालीलाई कतारको कारागार बाट रिहा गरेको बताएका छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *