आज सेयर बजार नेप्से परिसूचक २६०६ अंक कायम

मंसिर २४ काठमाडौं ।
आज सेयर बजार नेप्से परिसूचक २६०६ अंक कायम भएको छ।

आज सेयर बजार ३ अर्ब ७३ करोडको कारोबार भएको छ।

आज १० प्रतिशत बढ्ने कम्पनीमा स्वस्तिक लघुवित्त, मुक्तिनाथ कृषि कम्पनी र एसवाई प्यानल रहेका छन्। लक्ष्मी लघुवित्तको ८.७६ प्रतिशत, थ्रीस्टार हाइड्रोपावरको ७.१४ प्रतिशत मूल्य बढ्यो।

बैंकिङ ०.०५ प्रतिशत, विकास बैंक ०.२९ प्रतिशत, फाइनान्स ०.५७ प्रतिशत, होटल तथा पर्यटन ०.१३ प्रतिशत, हाइड्रोपावर ०.६६ प्रतिशत, लगानी ०.३२ प्रतिशत र जीवन बीमा ०.२१ प्रतिशत घट्यो।

उत्पादन तथा प्रशोधन ०.४२ प्रतिशत, माइक्रोफाइनान्स ०.२९ प्रतिशत, निर्जीवन बीमा ०.३५ प्रतिशत, अन्य ०.३९ प्रतिशत, व्यापार ०.०२ प्रतिशत, झापा इनर्जीको मूल्य सबैभन्दा धेरै ९.३० प्रतिशत घट्यो।

हिमस्टार ऊर्जा कम्पनीको ५.०५ प्रतिशत, सुपर मादी हाइड्रोपावरको ४.५९ प्रतिशत तथा माबिलुङ इनर्जीको ४.४९ प्रतिशत मूल्य घटेको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *