मंसिर २३ काठमाडौं ।
जापानको उत्तर–पूर्वी क्षेत्रमा सोमवार राति शक्तिशाली भूकम्प गएको छ।
बीबीसीको अनुसार उत्तर–पूर्वी क्षेत्रमा गएको भूकम्पको तीव्रता ७.६ म्याग्निच्युड मापन भएको जनाएको छ।
भूकम्पका कारण हजारौं मानिसहरु घर बाट बाहिर नस्कनुपरेको र कम्तिमा पनि ३० जना घाइते भएको उल्लेख गरेको छ।
जापानको मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्प स्थानीय समयानुसार सोमबार राति ११ः१५ बजे गएको जनाएको छ।
भूकम्पको केन्द्र आओमोरी क्षेत्रको तटभन्दा झण्डै ८० किलोमिटरको दूरी जमिनमुनि ५० किलोमिटर (३१ माइल) को गहिराइमामा रहेको जनाएको छ।
भूकम्पपछि देशमा सुनामीको चेतावनी जारी गरिएकोमा अहिले त्यो चेतावनीलाई हटाइए पनि समुद्री तटहरूमा २७ इन्चसम्मका लहरहरू देखिएको जनाएको छ।
भकम्पका कारण केही रेल सेवाहरू रोकिएको छ भने हजारौं घरहरूमा विद्युत् आपूर्ति बन्द भएको उल्लेख गरेको छ।
जापानका प्रधानमन्त्री सनाई तकाइचीले भनेका छन्, ‘भूकम्पलाई लिएर आफ्नो तयारी फेरि जाँच गर्नुहोला र यदि भूकम्पको झटका महसुस हुने बित्तिकै तुरन्त बाहिर निस्कन तयार रहन आग्रह गरेको छन्।
अधिकारीहरूले आगामी दिनमा पनि भूकम्प आउन सक्ने चेतावनी दिँदै आम नागरिकलाई कम्तिमा पनि एक हप्तासम्म ‘हाई अलर्ट’ मा रहन सुझाव दिएका छन्।